उदयपुरमा कृषकद्धारा सामुहिक तरकारी बिक्रि केन्द्र सञ्चाल

गजेन्द्र राई
उदयपुर, २५ वैशाख ।  अर्गानिक तरकारी उत्पादन गर्दै आएका उदयपुरको कृषकहरुले ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै सामुहिक तरकारी बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ । बिषेशगरि जिल्लाको त्रियुगा नगरपालिका, साउने र मुर्कुचीका कृषकहरुले सो सामुहिक केन्द्र सञ्चालन गर्ने भएको हो । बिसादि बिहिन तरकारी उत्पादन गर्दै आएपनि सोचे जस्तो बजार नपाएको भन्दै उनीहरुले आफै बिक्री केन्द्र सञ्चालन गर्ने भएको हो । उनीहरुले त्रियुगा नगरपालिका–४ बगाहा चोक, त्रियुगा नगरपालिका–१४ साउने बजार र रौतामाई गाउँपालिका–७ मुर्कुची बजारमा उक्त केन्द्र सञ्चालन गर्न लागेको हो । राम्रो तरकारी उत्पादन भएपनि बजार नपाएको कारण बोटमै कुहिने समस्या उनीहरु भोग्दै आईरहेका थिए । केन्द्र सञ्चालन भएसंगै छिटफुट रुपमा आउने ब्यापारीहरुलाई नदिई उत्पादित तरकारीहरु केन्द्रलाई जिम्मा लगाईने साउनेका कृषक बेदबहादुर राईले बताए । कृषक राईका अनुसार अन्य तरकारी ब्यापारीहरुले पनि केन्द्रबाटै खरिद गर्नु पर्ने छ । उनीहरुले बजार मूल्य र बजार अनुगमन टोलिसमेत गठन गरेको छ । टोलिमा बगाहा केन्द्रबाट शिबजि निरौला र मिना दाहाल, साउने केन्द्रबाट बेदबहादुर राई र घमानशिङ राई, मुर्कुची केन्द्रबाट ढक बहादुर श्रेष्ठ र निर्मला मगर रहेका छन् । अहिले त्रियुगा मिलिजुलि कृषी सहकारी संस्था बगाहा, नब प्रभात कृषी सहकारी संस्था साउने र मुर्कुची कृषी सहकारी संस्था मुर्कुचीमा आवद्ध पाँच सय ४९ घरधुरीका कृषकहरुले बिभिन्न जातको तरकारीहरु उत्पादन गर्दै आईरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *