काठमाडौ । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको मंसिर १६ गते तोक्न सरकारलाई परामर्श दिएको छ । आइतबार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर सो उपनिर्वाचनको मिति सुझाएका हुन् । यससँगै, मन्त्रिपरिषद् बैठकले उपचुनावको मिति तोक्ने आशा गरिएको छ ।
आयोगका अनुसार, काठमाडौंको कीर्तिपुर नगपालिका, मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद, साथै दोलखाको गौरीशंगर गाउँपालिका, कालीकोटको नलगाड गाउँपालिका र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद रिक्त छन् । रुकुम पूर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको हालैको सवारी दुर्घटनामा निधन भएपछि, त्यस ठाउँको उपप्रमुख पद पनि रिक्त भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, “पद रिक्त भएको औपचारिक जानकारी प्राप्त भएपछि, मंसिर १६ मा उपनिर्वाचन गर्ने तयारी गरिएको छ ।” यदि मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेमा, आयोगले २६ कात्तिकमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने तयारी गरेको छ ।
भिडियोः