उदयपुर । बालबालिकाको क्षमता अभिबृद्धि र बालसहभागितामा जोड दिँदै ६० औँ राष्ट्रिय बालदिवसको अवसरमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा अन्नपूर्ण र उदयसि स्कुल पहिलो भएका छन् । नगर बालसंञ्जालको समन्वयमा त्रियुगा नगरपालिकाले होटल इम्पायरमा आयोजना गरेको प्रतियोगितामा माध्यमिक तह (९–१२)तर्फ अन्नपूर्ण माध्यमिक बिद्यालय त्रिनपा ५ ले २१ वटा प्रतिसपर्धि बिद्यालयलाई पछि पार्दै पहिलो स्थान ओगटेको हो ।
प्रतियोगितामा क्यानभास एकाडेमी त्रिनपा ११ दोश्रो, लालिगुँरास अंग्रेजी वोडिङ स्कुल त्रिनपा ११ तेश्रो र जनता माध्यमिक बिद्यालय त्रिनपा ५ देउरीले सान्त्वना स्थान हासिल गरेका छन् । माध्यमिक तहतर्फ सामुदायिक र संस्थागत गरी २२ बिद्यालय सहभागिता भएको नगर महिला तथा बालबालिका ईकाइले जनाएको छ । ईकाइले जनाएअनुसार आधारभूत तह (१–८)तर्फ त्रियुगा नगरपालिका ६ जलजलेस्थित उदयसि अङ्ग्रेजी माध्यमिक बिद्यालयले २५ वटा बिद्यालयलाई पछि पार्दै पहिलो स्थान ओगटन सफल भएको छ ।
प्रतियोगितामा समता स्कुल गाईघाट त्रिनपा ११ दोश्रो, उदयपुर मनकामना इङ्लिस वोडिङ स्कुल त्रिनपा १२ तेश्रो र क्रिमसन एकाडेमी त्रिनपा ४ वगाहाले सान्त्वना स्थान हासिल गरेका छन् । आधारभूततर्फ २६ वटा बिद्यालय सहभागि रहेको छ । प्रतियोगिताका पहिलो, दोश्रो, तेश्रो र सान्त्वना स्थान हासिल गर्ने सबैलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । यस बर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यका थालनी भन्ने मुलनाराकासाथ ६० औँ बालदिवस देशभरका बिबिध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
भिडियोः