उदयपुर । नेकपा एकीकृत समाजवादी (एसक) उदयपुरको सन्देश सभा सम्पन्न भएको छ । सभा शुक्रबार जिल्लाको सदरमुकाम गाईघाटस्थित पिपल चोकमा सम्पन्न भएको हो ।
“दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेले गलत बाटो लिएको बताएका छन् ।
उनले एमालेले संविधानको मूल मर्म कुल्चने र दक्षिणपन्थी विचारधारामा भासिएको समेत आरोप लगाएका छन् । नेकपा एमालेले ‘सामूहिकता, विधि र न्यायलाई बिर्सेर व्यक्तिको पेवा बनाउन खोजिएको छ ।’ नेपालले आफूहरूले नयाँ पार्टी खोल्नुको कारण बताउँदै एमालेले गलत बाटो लिएकोले सबैको न्यायका लागि समाजवादको बाटो रोजेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रीय पार्टी पदाधिकारीहरूको बाकुलो उपस्थिति रहेको थियो । कार्यक्रमकै क्रममा विभिन्न पार्टी पारित्यागगरी ठूलो समुह एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नेकपा एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशन पश्चात् देशभर समाजवाद जागरण अभियानमार्फत पार्टी सुदृढिकरण तथा विस्तार थालेको छ ।
भिडियोः