उदयपुर । केही दिनको बर्षाको कारण उदयपुरमा पहिरो जादा मंगलबार पुरिएर एकको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । यसरी पहिरोले पुरिएर मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबुस्थित तोरीवारि बस्ने बर्ष ९ को रुपकला मगर रहेको छ भने उनको आमा वर्ष ४० को हिराकुमारी मगर र उनको भाइ बर्ष ७ को योगेश मगर गम्भीर घाइते भएका छन् ।
मृत्यु रुपकलाको शब अहिले पोस्टमार्टम र घाइतेहरुको उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको वडाअध्यक्ष गणेश तिम्सिनाले बताए । वडाअध्यक्ष तिम्सिनाका अनुुसार तोरीबारीको ४ ओटा घर बगाएको छ भने ७ ओटा घर पूर्ण जोखिममा रहेको छ । पहिरो बस्ती माथिबाट झरेको थियो ।
भिडियोः
Facebook Comments