उदयपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

उदयपुर । उदयपुरलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। ‘पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आईतवार सो घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चित घोषणा जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्माले गरेका हुन्।

जिल्लामा ५ वर्षमुनिका २० हजार ५ सय ३८ बालबालिकामध्ये २० हजार ३ सय ९ जनाले खोप पाएका छन् । समारोहमा आठै पालिकालाई प्रशंसापत्र प्रदान गरियो भने विभिन्न पालिकाका ८ जना स्वास्थ्यकर्मीहरूलाई उत्कृष्ट कार्यका लागि पुरस्कृत गरिएको थियो ।

स्वास्थ्य कार्यालयका उत्कृष्ट कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो । स्वास्थ्य प्रमुख बृजकुमार दासले अभियानको सफलतामा सबै पालिका, कर्मचारी र स्वयंसेवकहरूको भूमिका रहेको बताए। कार्यक्रममा सहभागीहरूले सामूहिक हस्ताक्षर गरी प्रतिबद्धता जनाए ।

यो उपलब्धिले उदयपुर जिल्लामा बालस्वास्थ्य सुधारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएको देखाउँछ । यसले भविष्यमा स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

https://www.facebook.com/share/v/65iHBcaJvAKS5txt/?mibextid=w8EBqM

Facebook Comments