वाईसिएलद्धारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न

त्रियुगा । माओवादी केन्द्र निकट वाईसिएल नेपालद्धारा साउनेमा आयोजित पुरुष भलिबल प्रतियोगितामा त्रियुगा १५ स्थित कुभिण्डेले बाजि मारेको छ । पार्टीको तिन महिने अभियान अन्तरगत जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यले वाईसिएल त्रियुगा १४ वडा कमिटीले सो प्रतियोगिता आयोजना गरेको थियो ।

गत १ गतेदेखि सुरु भएको प्रतियोगितामा कुभिण्डेले प्रथम स्थान हासिल गरेर बाजि मारेको हो । त्यसैगरि दोस्रो स्थान त्रियुगा ७ चुहाडेले हासिल गरेको छ । उनिहरु बिच कडा प्रतिस्पर्धा भएको वाईसिएल वडाकमिटी अध्यक्ष भिम मगरले बताए । वडाकमिटी अध्यक्ष मगरका अनुसार बेस्टअफ फाईभमा चुहाडेलाई पछि पार्दै कुभिण्डेले पहिलो स्थान हासिल गरेको हो ।

विजयी प्रथम र दोस्रो स्थान हासिल गर्नेलाई क्रमशः १५ हजर र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रधान गरिएको थियो । प्रतियोगितामा छिमेकी जिल्ला खोटाङ लगायत अन्य जिल्लाहरु गरी १२ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

समापन कार्यक्रममा एन्फा महासचिव तथा पार्टी जिल्ला समन्वय समिति सचिव किरण राई, पार्टी नगर सचिब कुरुङ राई, पार्टी वडाकमिटि अध्यक्ष बेदबहादुर राई, नेपाली कांग्रेसका सचिब भुवन मगर, पत्रकार गजेन्द्र राई लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments