समाजसेवी महेन्द्र राईद्धारा सर्पदंशलाई एसी बितरण

गजेन्द्र राई
उदयपुर । उदयपुरको भूल्केस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रलाई स्थानीय समाजसेवी महेन्द्र राईले एक थान एसी बितरण गरेको छ । राईले आईतवार एक कार्यक्रम बिच सो सामाग्री बितरण गरेको हो । एसी कोनका ब्राण्डको रहेको छ ।

उनले आमा तिलमाया राईको नाममा एसी बितरण गरेको हो । श्रीमती बिमला राई र यूकेमा बस्दै आएका भाईबुहारी मिलन राई, प्रतिभा राई, मानश राई र मनिता राईको सल्लाह अनुसार सामाग्री बितरण गरिएको उनको भनाई छ ।

उनले सर्पको टोकाईबाट पीडित बनेका बिरामीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सामाग्री बितरण गरिएको बताए । राई रेडक्रस सोसाइटी उदयपुर कोषाध्यक्ष हुन् । उनले लामो समयदेखि बिभिन्न किसिमले जिल्लामा समाजसेवा गर्दै आएका छन् ।

त्यसैगरि केन्द्रलाई रेडक्रस सोसाइटी उदयपुरले कम्मल १० थान, बाल्टिन ६ थान र त्रिपाल १ थान बतरण गरेको छ । सामाग्री रेडक्रस शाखा उदयपुरका सभापति मदन कटुवाले बितरण गरेका थिए । यसैगरि १८ नम्बर वाहिनी अड्डा भूल्केले स्टेनफेन २ थान र पानी पिउदा प्रयोग गरिने जारको सेट १ थान बितरण गरिएको छ ।

उक्त सामाग्री केन्द्रका अध्यक्ष पबित्रा गिरीलाई हस्तान्तरण गरिएको थियो । नेपाली सेनाको १८ नम्बर बाहिने भुल्केपरिसरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारको लागि ठूलो संख्यामा आउने गरेको संस्थाका सचिब यदु ढकालले बताए ।

सचिब ढकालका अनुसा बिषेशगरि सर्पको टोकाईबाट पीडित बनेकाहरु बार्षिक ७ सयभन्दा बढी मानिसहरु आउने गरेको छ । बितरण कार्यक्रममा पूर्वी पृतनापति आशबहादुर तामाङ, १८ नम्बर वाहिनी अड्डाका बाहिनीपति बैधवार, त्रियुगा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष तिलक बहादुर बटुवाल, पत्रकार गजेन्द्र राई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments