अनाधिकृत रुख काट्ने उपभोक्त समुह बिरुद्ध उजरी, रकम प्रलोभनमा कानुनी प्रक्रिया पुरा गर्दै बन कर्मचारी

त्रियुगा । उदयपुरमा नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समुह बिरुद्ध उजुरी परेको छ । त्रियुगा नगरपालिका वडा नम्वर १४ साउनेमा रहेको सो समुहले अबैधानिक रुपमा रुखहरु कटान गर्दै आएको भन्दै उजुरी परेको हो ।

उजुरी डिभिजन बन कार्यालय गाईघाटमा परेको छ । डिभिजन बन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले उपभोक्ता समुह र समुहका केहि पदाधिकारी बिरुद्ध उजुरी परेको बताए । सूचना अधिकारी साहका अनुसार कार्यालयमा आएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय ईटहरीलाई समेत बोधार्थ गरिएको छ ।

अहिले अनुसन्धान प्रक्रिया अगाडी बढेको र दोषी पाईए कार्वाही गर्ने उनको भनाई छ । बन कार्यालयमा परेको उजुरीमा समुहका अध्यक्ष, सचिब र कोषाध्यक्ष क्रमसः मेघजित राई, रिना राई र पबित्रा मगरलाई समेत विपक्षी बनाईको छ ।

उनिहरुलाई वर्षायामको समय बनमा रहेको सखुवाको रुखहरु अनाधिकृत कटान गर्दै आएको उजुरीमा आरोप छ । उक्त गतिविधिलाई लिएर खाँबु सव–डिभिजन बन कार्यालय गएपनि त्यस कार्यालयको कर्मचारीहरुले वेवास्ता गर्ने गरेको उजुरीमा उल्लेख छ ।

उजुरीमा त्यस्ता अबैधानिक काठहरु रकमको प्रलोभनमा परी कर्मचारीहरुले मिलाएर कानुनी प्रक्रिया पुरा गरिदिने गरेको समेत उल्लेख छ । उजुरीमा उल्लेख भएअनुसार गैरकानुनी तरिकाले एउटै क्षेत्रको ठूलो संख्यामा रुखको गाछीहरु कटान गरी सार्वजनिक सम्पत्ति दोहन गरेको आरोप छ । उजुरी उपभोक्ता युवराज मगरको नेतृत्वले दिएको हो ।

Facebook Comments