निशुल्क आँखा शिविर तथा सामाजिक सुरक्षा भत्ता वितरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेमा निशुल्क आँखा शिविर तथा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सो कार्यक्रममा न्यानो कपडाको रुपमा सिरक समेत वितरण गरिएको थियो । मंलवार वडा कार्यालयमै माछापुच्छ्रे बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो भने मदन भन्डारी आँखा अस्पताल गाइघाट उदयपुर र वडा नम्बर १४ साउनेको साझेदारीमा निशुल्क आँखा सिविर सञ्चालन गरिएको थियो ।

वडाले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै वडा कार्यालयको भवनमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत तथा वडा अध्यक्ष हेम मगरले संयुक्त रुपमा न्यानो कपडा सिरक वितरण गरेका थिए । न्यानो कपडा वितरणपछि साउनेमा रहेको एक विद्यालयको अवलोकन समेत प्रमुख बस्नेत र वडा अध्यक्ष हेमराज मगरले अवलोकन गरेका थिए । अवलोकपछि उनिहरुले विद्यालयको भौतिक अवस्था कमजोर रहेको भन्दै आगामी बजेटबाट विद्यालय निर्माणका लागि ४ कोठे भवन निर्माण गर्ने योजना अघि बढाउँने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शिविर कार्यक्रम अन्तरगत साउनेका विभिन्न ठाउँबाट सिम्ले, रातमाटे, भैसे ट्याम्के, किर्कीची, टोड्के, धाप्लाङ, बरगाछी, माझा गाउँ, सिरुडाढा, डहर बरडढा, निपाने, दियाले, पुङमाङ र साउने चोकका स्थानियहरुले प्रत्यक्षरुपमा सेवा लिएका थिए । स्थानीय जेष्ठ नागरिक, अपाङ्गता, एकल विधुवा महिला र जना दलित बालबालिका गरी जम्मा २ सय १३ जनालाई पोषण भत्ता बाढेको वडाअध्यक्ष हेम मगरले बताए ।

उनका अनुसार हाल १ सय ६५ जनाले मात्र न्यानो सिरक वितरण गरेको अन्य ३० जनालाई छुट्नुहुनेहरुले वडा कार्यालयमा सम्र्पक गरेर लिन सक्ने बताए । निशुल्क आँखा शिविर अन्तरगत १ सय ५५ जनाले निशुल्क सेवा पाएका छन् । जस अनुसार ५८ जनाको आखाँमा समस्या देखिएपछि सेवाग्राहिहरुको आखाँको अप्रेशन गर्नु पर्ने अवस्था देखिएको डाक्टरले बताए । शिविरबाट आखाँमा समस्या देखिएका सेवाग्राहिहरुलाई मदन भन्डारी आँखा अस्पताल गाईघाटले वडाको सिफारिसमा निशुल्क उपचार गरिदिने नेतृज्योती संघ गाईघाटले जनाएका छन् ।

Facebook Comments