कानुनको धज्जी उडाउँदै शिक्षक युवराज कार्की (फोटो सहित)

उदयपुर । उदयपुरमा एक शिक्षकले कानुन विपरित राजनैतिक गतिविधि गरेर कानुनको धज्जी उडाएका छन् । यसरी धज्जी उडाउनेमा जिल्लाको रौतामाई गाउँपालिका वडा नम्वर ३ स्थित जनता माबि रसुवा लाफागाउँका शिक्षक युवराज कार्की रहेका छन् । कार्की नेपाल कम्युनिष्ट पार्टी (विप्लब) समुहका जिल्ला कार्यसमिति सदस्य हुन् ।

उनले गरेको सो गतिविधि उनकै फेसबुक वालमा समेत हेर्न सकिन्छ । कानुनमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को उपदफा (२) अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नपाउने उल्लेख गरिएको छ । तर, उनले उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई पार्टीको ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न कार्यक्रममा सहभागि भएको तस्बिर र स्टाटस्हरु हेर्न सकिन्छ । उनी पार्टी निकट शिक्षक संगठनका अध्यक्ष समेत रहेका छन् ।

उनले पार्टीको नाममा बिभिन्न संघसंस्थाबाट चन्दा उठाउदै आएका छन् । यस बिषयमा शिक्षा विकास तथा समन्वय ईकाइ उदयपुरका प्रवक्ता भवानी कटेलले यस्तो राजनीतिक गतिविधि गर्ने शिक्षकलाई कार्वही गर्ने बताएका छन् । उनले प्रमाण सहित स्थानीय सरकारको शिक्षा शाखाले कार्वाहीको लागि सिफारिस गरे तत्काल कार्वाही गर्नेे समेत बताएका छन् । कार्की जनता माबि रसुवा लाफागाउँका राहात शिक्षक हुन् । कार्की नाताले भतिजी बहारीसँग अनैतिक सम्बन्ध राखेको भन्दै विवादमा समेत तानिएका छन् ।

Facebook Comments