यायोक्खा अध्यक्ष पदमा पत्रकार राईको उम्मेदवारी घोषणा

उदयपुर । किरात राई यायोक्खाको ९ औं जिल्ला अधिवेशनमा पत्रकार राजेन्द्र राई ‘दुष्ट’ले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आगामी हुने यायोक्खाको जिल्ला अधिबेशनमा उदयपुर अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार राईले सो पदका लागि शसक्त दावी रहने एक कार्यक्रम मार्फत जानकारी गराएका थिए । उनले किरात राई पत्रकार संघ उदयपुरको पाँचौ जिल्ला अधिबेशनमा शुभकामना राख्दै उक्त घोषणा गरेका हुन् ।

राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ का बरिष्ठ उपाध्यक्ष समेत हुन् । उनले आफ्नो यायोक्खाको जिल्ला अध्यक्ष पदका लागि शसक्त दावी रहने बताएका छन् । अधिबेशन असोज १ गते जिल्लाको सदरमुकाम गाईघाटमा हुँदैछ ।

Facebook Comments