खोटाङमा फोटो पत्रकार महासंघ गठन, नेतृत्वमा उजुर राई

खोटाङ । सम्पूर्ण फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघ खोटाङको अध्यक्षमा अग्रज पत्रकार उजुर राई चयन भएका छन् । खोटाङको सदरमुकाम दिक्तेलमा आईतबार भएको एक भेलाबाट तदर्थ समितिको अध्यक्षमा राई चयन भएका हुन् ।

भेलाले राईको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसमा उपाध्यक्ष रामधन राई, सचिव सविना परियार, सहसचिव खृष्टिका राई र कोषाध्यक्ष परिता तामाङ चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा अशल चरित्र र तजिना मगर चयन भएका छन् । त्यसैगरि भेलाले भदौ २९ देखि ३१ गतेसम्म चितवनमा हुने केन्द्रिय महाधिबेशका लागि प्रतिनिधिहरु डम्बरसिंङ राई, केदार मगर, सर्मिला विश्वकर्मा र भीम राईलाई चयन गरेका छन् । भेला नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष डम्बरसिंङ राईको नेतृत्वमा भएको थियो ।

Facebook Comments