उदयपुर क्षेत्र नम्बर १ (क)मा राजन किराती ‘बासु’को शसक्त दावी

उदयपुर । नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य राजन किराती ‘बासु’ले प्रदेशसभा सदस्यका लागि शसक्त दावी गर्दै आएका छन् । उनले उदयपुर क्षेत्र नम्बर १ (क)बाट सो पदमा दावी गर्दै आएका हुन् ।

उनले आफु त्यस क्षेत्रको स्थापित र लोकप्रीय नेता भएको दावी गर्दै आएका छन् । आफुले टिकट पाए उक्त क्षेत्रमा जित सुनिश्चित रहने समेत बताउदै आएका छन् । त्यस क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य मणी खम्बु, प्रदेश कमिटी सदस्य रमन भट्टराई र पार्टीका बेलका नगर अध्यक्ष मनोज तामाङले समेत दावी गर्दै आएका छन् ।

खम्बु उदयपुरको साबिक क्षेत्र नम्बर २ बाट पहिलो संबिधानसभा सदस्य हुन्भने भट्टराई ७४ को स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट बेलका नगर प्रमुखमा पराजित उम्मेदवार हुन् । त्यसैगरी तामाङ ७९ को स्थानीय तह निर्वाचनमा पार्टीले गठबन्धनको तर्फबाट बेलका नगर उपप्रमुखको उम्मेदवार बनाएका थिए ।

पराजित भएपनि भट्टराई र तामाङ उदयपुरको स्थापित र लोकप्रीय नेताको रुपमा परिचित छन् । उनिहरुको नाम केही दिनअघि बसेको जिल्ला समन्वय समितिको बैठकले सिफारिस गरेका थिए ।

Facebook Comments