क्षेत्र नम्बर २ (क)मा उम्मेदवारी दिने कुशलको तयारी

उदयपुर । माओवादी पृष्ठभूमी भएको जीवन कुमार कार्की ‘कुशल’ले उदयपुरको क्षेत्र नम्बर २ (क)बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । अहिले उम्मेदवारी तयारीसँगै कार्कीले राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन् ।

उनलाई एमालेभित्र बादल निकट मानिन्छन् । तर, सो निर्वाचन क्षेत्रमा उनकै पार्टी नेकपा एमालेका दुई नेताले समेत उम्मेदवारीको लागि दावी गर्दै आएका छन् । दावी गर्नेमा प्रदेश कमिटी सदस्य देबराज राई र जिल्ला कमिटी सदस्य गजेन्द्र बहादुर खड्का रहेका छन् ।

राई लिम्चुङबुङ ४ स्थायी घर भएपनि हाल काठमाडौं बस्दै आएका छन् । यता, रौतामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका खड्का रौतामाई ७ निवासी हुन् । कार्की तत्कालिन नेकपा विघटनपछि बादनसँग एमालेमा रहेका थिए ।

पूर्वजनमुक्ति सेना पृष्ठभूमीको कार्की हाल नेकपा एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन् । रौतामाई २ निवासी कार्की अन्य आकांक्षीभन्दा बलियो आकांक्षीको रुपमा मानिदै आएको एमाले निकट नेताहरु बताउछन् ।

यता गठबन्धनको तर्फबाट नारायण बहादुर बुर्जा र खेसबहादुर मगर आकांक्षी देखिएका छन् । आकांक्षी मध्ये बुर्जा माओवादी केन्द्र निकट हुनेभने मगर नेपाली कांग्रेस निकट हुन् । उक्त निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा भ¥याङ चुनाब चिन्हबाट स्वतन्त्र उम्मेदवार नारायण बहादुर बुर्जा बिजयी भएका थिए ।

Facebook Comments