‘किरात राई कर्मचारी मञ्च’को नेतृत्वमा विश्वजित राई

उदयपुर । विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत किरात राई कर्मचारीहरुको छाता संगठन ‘किरात राई कर्मचारी मञ्च’को नेतृत्वमा विश्वजित राई चयन भएका छन् । शनिबार सम्पन्न मञ्चको एक भेलाले राईलाई सर्बसहमत रुपमा चयन गरेका हुन् ।

भेलाले राई नेतृत्वमा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसमा कार्यसमितिको उपाध्यक्षमा छवित्रा राई (जिल्ला अस्पताल), सचिबमा पुष्पराज राई (जिल्ला प्रशासन), सहसचिबमा भक्तकुमार राई (चौदण्डिगढी नगरपालिका) र कोषाध्यक्षमा तारादेवी राई (चौदण्डिगढी नगरपालिका) चयन भएका छन् ।

त्यसैगरि मञ्चको कार्यसमिति सदस्यहरुमा बबिन राई (उदयपुरगढी गाउँपालिका), लोकबहादुर राई (कटारी नगरपालिका) र सरोज राई (रौतामाई गाउँपालिका) रहेका छन् । यसैगरि बेलका नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाबाट १÷१ जना सदस्य थप्ने बैठकले निर्णय गरेको छ ।

सार्वजनिक प्रशासनमा किरात राई समुदायको प्रतिनिधित्व, पहुँच र सहभागिता बढाउन र राई समूदायको कर्मचारीहरुबीच आपसी सहयोग, सद्भाव र सहकार्य निर्माण गर्दै राष्ट्र निर्माणमा टेवा पुर्याउने मञ्चको मुख्य उदेश्य रहने छ । २०६८ जेठ २५ मा स्थापना भएको मञ्चले सार्वजनिक प्रशासनको क्षेत्रमा मानव संशाधन विकास, जनचेतना अभिवृद्धि तथा क्षमता विकास र सबलीकरणको कार्यक्रमहरु गर्दै आएको छ ।

स्थापना कालदेखि नै निरन्तर रुपमा किरात राई समूदायका विधार्थीहरुलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन, सार्वजानिक विषयमा अन्तर्कृया, गोष्ठी र छलफल गर्दै आएको छ । मञ्चको हाल ६ जिल्लामा जिल्ला कार्यसमिति गठन भईसकेको छ ।

जसमा खोटाङ, सोलुखुम्बु, इलाम, सुनसरी, मोरङ र भोजपुरमा गठन भएको मञ्चको केन्द्रिय महासचिव अनिल किरातीले बताए । महासचिब किरातीका अनुसार उदयपुर जिल्ला कार्यसमिति सहित अब मञ्चको जिल्ला कार्यसमिति संख्या सात पुगेको छ ।

उदयपुरमा कार्यरत ज्येष्ठ कर्मचारी (जनस्वास्थ्य अधिकृत) चिन बहादुर राईको अध्यक्षता र केन्द्रिय महासचिव किरातीको प्रमुख आतिथ्यतामा पहिलो बैठक बसेको थियो । भेलामा महासचिब किरातीले किरात राई कर्मचारी मञ्च सम्बन्धमा एक कार्यपत्र प्रस्तुत समेत गरेका थिए ।

उनले बिशेषगरि मञ्चको उदेश्य, कार्यभार, हालको गतिविधि, चूनौति र भावी कार्ययोजना बारे स्पष्ट पारेको नवनिर्चित अध्यक्ष विश्वजित राईले बताए । कार्यक्रममा किरात राई यायोक्खा, आदिवासीको सवाल, कर्मचारीको दायित्व आदि विषयमा समेत छलफल भएको थियो ।

Facebook Comments