उदयपुर । सम्पूर्ण फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा देबराज राई चयन भएका छन् । उदयपुरको प्रमुख पर्यटकीय क्षेत्र रौतापोखरीमा शनिबार सम्पन्न महासंघको दोस्रो जिल्ला अबिधेशबाट राई अध्यक्षमा चयन भएका हुन् ।
अबिधेशनले राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष गजेन्द्र राईले बताए । राईका अनुसार समितिको उपाध्यक्षमा राकेश नेपाली चयन भएका छन् । सचिवमा लक्ष्मी पोखरेल चयन भएका छन् ।
त्यसैगरी महासंघको सह–सचिवमा बिक्रम राई चयन भएका छन् भने कोषाध्यक्षमा पुजा राजधामी चयन भएका छन् । यसैगरि सदस्यहरुमा चेवाङ राई, चन्द्रकला ढकाल, तोशल राई, अरुण चौधरी र कमला राउत रहेका छन्भने एक सदस्य मनोनित गर्न बाँकी रहेको निवर्तमान अध्यक्ष राईले बताए ।
अधिबेशनले भदौ २९ देखि ३१ गतेसम्म चितवनमा हुने केन्द्रिय महाधिबेशका लागि प्रतिनिधि तथा पर्यवेक्षक समेत चयन गरेको छ । जसमा निवर्तमान अध्यक्ष गजेन्द्र राई, भोटराज राई, अप्सरा समाल, नबिन राई, ईश्वर बलम्पाकी मगर, बिष्णु राई र चित्रकुमार कार्की रहेका छन् ।
अधिबेशन कार्यक्रममा नीजि लगानीमा रहेको रेडियोहरूको साँझा संस्था ‘ब्रोडकाष्टिङ एसोसियसन अफ नेपाल’(बान)का महासचिव नबिन राई र नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर १ का नबनिर्वाचित उपाध्यक्ष अप्सरा समाललाई बधाई तथा शुभकामना समेत दिईएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र मगर लगायत अतिथिहरुले खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र मगर, उपाध्यक्ष भुपेन्द्र थापा, पत्रकार सेनानी कौशल चेम्जुङ, रौतामाई २ का वडाअध्यक्ष होम बहादुर दाहाल, ६ का वडाअध्यक्ष पृथ्वी कुमार राई, कार्यपालिका सदस्य बसन्त राई र नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का उपस्थिति रहेको थियो ।
कार्यक्रममै पुर्वअध्यक्ष महेश्वर चाम्लिङ, पत्रकार महासंघ उदयपुरका सल्लाहकार तथा अग्रज पत्रकार भोटराज राई, फोनिज प्रदेश नम्बर १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र दुष्ट, युवा नेता तथा समाजसेवी केशब चाम्लिङ, विष्णु राई, प्रेस सेन्टर नेपाल उदयपुरका अध्यक्ष शुपराज राई, किरात राई पत्रकार संघ उदयपुरका अध्यक्ष टम्पशेर राई, युवा कवि तथा निगरानी पोष्ठ डटकमका सम्पादक जीवन चाम्लिङ लगायतको उपस्थिति रहेको थियो ।