माओवादीद्धारा आठ नेता निलम्वन, तिन नेतालाई कारबाहीको लागि केन्द्रमा सिफारिस

गाईघाट । उदयपुरमा नेकपा माओवादी केन्द्रका ११ जना नेता कार्यताहरु निलम्वनमा परेका छन् । पार्टीले आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीको हित विपरित काम गरेको भन्दै उनिहरुलाई निलम्वन तथा कार्यवाहीको लागि सिफारिस गरेको हो ।

जसमा पार्टीको हित तिपरित जथाभावी उम्मेदवारी दिएको भन्दै ८ जना कार्यकर्तालाई निलम्वन गरेको हो । निलम्वन पर्नेहरुमा चौदण्डीगढी नगरपालिकाका सन्तोष सुवेदी ‘बलिदान’, कमलध्वज राई, र तिलक राई रहेका छन् ।

त्यसैगरि लिम्चुङबुङ गाउँपालिकाका होम बहादुर राई ‘होम किराती’ र भिमबहादुर राई रहेका छन् । यसैगरि त्रियुगा नगरपालिकाका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी सावित्रा थापा र जिल्ला समन्वय समिति सदस्य रामप्रसाद बराल रहेका छन् ।

केन्द्रमा कार्वाहीको लागि सिफारिस पर्नेहरमा प्रदेश सदस्य कटारी नगरपालिकाका केपी बराल र त्रियुगा नगरपालिकाका भिमबहादुर अधिकारी (अनिल) र प्रदेश विभाग प्रमुख यदु ढकाललाई भने कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको प्रेस वक्तव्यमा उल्लेख छ । चौदण्डीगढीका कमलध्वज र तिलक भने स्वतन्त्रबाट मेयर र सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

वक्तव्यमा उल्लेख भएअनुसास उनिहरुलाई ‘पार्टीको विधानको धारा ५६ (१) अनुसारको कसुर ठहरगरी धारा ५६ (२) अनुसार प्रदेश समितिका सदस्यहरुलाई निस्कासनको सिफारिस तथा प्रदेश मातहतका अन्य समितिका सदस्य पदाधिकारीहरुलाई र पार्टी सदस्यमा पार्टीको कुनै जिम्मेवारी नहरनेगरी निलम्वन गरिएको छ ।’

भिडियोः

Facebook Comments