त्रियुगामा काग्रेसका बसन्त बस्नेतको उम्मेद्वारी खारेजीको माग गर्दै पर्यो उजुरी

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनेका नेपाली काग्रेसका बसन्तकुमार बस्नेतको उम्मेदवारी खारेजीको उजुरी परेको छ । उम्मेदवार बनेका बस्नेतले सरकारी बक्यौदा तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी गर्न माग गर्दै नेपाल कम्युनिष्ट पाटी एमालेका त्रियुगा नगरपालिकाका नगर प्रमुखका उम्मेदवार भागवत राउतले मुख्या निर्बाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन ।

नेपाली काग्रे्रेसको तर्फबाट नगर प्रमुख पदको उम्मेदवार बनेका बसन्तकुमार बस्नेत अन्तिम नामावली प्रकाशन गरेर निर्वाचनमा होमिएको अबस्थामा उम्मेदवारी खारेज गर्नु पर्ने माग गर्दै उजुरी परेको हो । एमालेबाट नगर प्रमुख पदका उम्मेदवार बनेका राउतले बस्नेतको उम्मेद्वारी खारेजको माग गरेका छन ।

निर्माण व्यवासायी समेत रहेका बस्नेतले एपेक्स इन्द्रेणी जे.भि को नामबाट कारोबार गर्दा आन्तरिक राजश्व कार्यालय लहान सिराहामा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता रहेकोले बस्नेतको उम्मेद्वारी खारेजी हुनु पर्ने माग गरिएको छ । सोमबार मुख्य निर्वाचन कार्यालय उदयपुरमा एमाले उम्मेद्वार राउतले उजुरी दर्ता गराएका छन ।

प्रोपाइटर बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्ता गर्न बाकी रहेकाले निजको उम्मेदवारी खारेजी गर्न भन्दै उजुरी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ राउतको उजुरीमा भनिएको छ स्थानीय निर्वाचन ऐन २०७३ को दफा १४ (२) बमोजिम र १४ (१) अनुसार उम्मेदवारी रद्द हुनु पर्ने माग गरेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १४ बमोजिम निर्वाचनको परिणाम घोषणा नहुन्जेल सम्म दाबी बिरोध र उम्मेद्वारी खारेज हुन सक्ने ब्यवस्था रहेको छ ।

स्थानीय तह निर्बाचन ऐन २०७३ को दफा १३ को (घ) र (ञ) ले गरेको ब्यवस्था अनुरुप त्यस्ता उम्मेदवारको हकमा ऐनको दफा १४ मा निर्बाचन परिणाम घोषणा नहुने र छानबिनबाट दोषी ठहर हुन गएमा उम्मेदवारी रद्ध हुने कानुनी ब्यवस्था रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिएको उजुरीमा आन्तरिक राजस्व कार्यलयको कर चुक्ता नगरेको दाबी गर्दै बस्नेतको उम्मेदवार हुन अयोग्य रहेको भन्दै निजको उम्मेदवारी नै खारेज हुनु पर्ने माग पेस गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय लहानले कर बक्यौदा दाखिला गर्न गत २०७८ चैत २७ गते नयाँ पत्रिका दैनिकमा १५ दिने सुचना प्रकाशित गरेको थियो । सो अबधिमा समेत कुनै पनि फम सम्र्पकमा नआएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत राजकुमार खतिवडाले बताए । उनका अनुसार पहिलो चरणमा १५ दिन भित्रमा बक्यौदा तिर्न आग्रह गरिएकोमा तोकिएको समय सिमामा कुनै करदाता सम्र्पकमा नआएकाले दोश्रो चरणको कारबाही अघि बढाउने तयारीमा रहेको बताए ।

आय कर ऐन २०५२ को दफा ७२ अनुरुप पहिलो चरणमा सम्र्पकमा नआउने करदातालाई दोश्रो चरणमा बैक खाता रोक्का, चलअचल सम्पति रोक्का राखि लिलाम गरि असुल गरिने ब्यवस्था रहेको उल्लेख गरे । आय कर ऐन २०५२ को दफा २१ परिछेच्द १० मा ब्यवस्था भए अनुरुप बक्यौदा असुल उपर गर्न बैक खाता रोक्का, सम्पति रोक्का, घर खनतसलासी गर्न सक्ने ब्यवस्था रहेको छ । आन्तरिक राजश्व कार्यालय लहानले कर बक्यौदा बुझाउने ८७ जनाको नाम सार्वजनिक गरेको छ । जसमा उदयपुरको २३ जना रहेको जनाएका छन ।

भिडियोः

Facebook Comments