उदयपुरमा श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ सिसाघारीमा सोमबार श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । हत्या गर्नेमा श्रीमान स्थानीय बर्ष ४२ को पोष्टराज दाहाल रहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीका अनुसार पोष्टराजले आफ्नो श्रीमती बर्ष ३८ की नानुमाया दाहालको हत्या गरेका हुन् । पोष्टराजले श्रीमति नानुमायालाई शौचालय गरिरहेको अवस्थामा चिर्पट दाउराले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

अहिले मृतक नानुमायाको शब पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाईएको छ । उता हत्याका रोपित श्रीमान पोष्टराजलाई ईलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भईरहेको छ ।

Facebook Comments