एमाले साउने र खाँबुमा गयो पहिरो, एकिकृत समाजवादीद्धारा पार्टी गठन

उदयपुर । निर्वाचन नजिकिदै गर्दा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (एस) उदयपुरले आफ्नो पार्टी निर्माणलाई तिब्रता दिएका छन् । सोहि क्रममा सोमबार त्रियुगा नगरपालिका १४ साउनेमा लोकचन्द्र राईको अध्यक्षतामा २२ सदस्य वडा कमिटी गठन गरेका छन् ।

नवगठित कमिटीको उपाध्यक्षमा शिब तामाङ, सचिबमा लालबहादुर राई र उपसचिबमा निरकुमारी मगरमा रहेका छन् । त्यसैगरि सदस्यहरुमा चेतन राई, गोपाल मगर, राजन श्रेष्ठ, धनबहादुर माझी, केशर तामाङ, गंगा माझी, हिमाल माझी, खड्गबहादुर श्रेष्ठ, बिनादेबी चौधरी र तारा श्रेष्ठ रहेका छन् । यसैगरि सदस्यमै अम्मर राई, पृथीबीमान राई, बमबहादुर राई, अर्जुन राई धनबहादुर राई र मिनाकुमारी राई रहेका छन् ।

पार्टी निर्माणकै क्रममा उक्त पार्टीले वडा नम्बर १५ खाँबुमा पनि वडाकमिटी गठन गरेका छन् । जसमा लोकबहादुर आलेमगरको अध्यक्षतामा ३५ सदस्य वडाकमिटी गठन गरेका छन् । नवगठित कमिटीको उपाध्यक्षमा चुडामणी श्रेष्ठ र टिका मगर रहेका छन् ।

सचिबमा खिलराज रिखाम मगर रहेका छन्भने उपसचिबमा पूर्णबहादुर मगर र मदनबहादुर मगर रहेका छन् । त्यसैगरि सदस्यहरुमै खिललाज राणा मगर, कुलबहादुर समाल मगर, भिमबहादुर मगर, लिला मगर, फौदबहादुर श्रेष्ठ र फडिन्द्र श्रेष्ठ रहेका छन् ।

यसैगरि सदस्यमै कोपीला कार्की, पूर्णबहादुर मगर, निरबहादुर मगर, प्रितम समाल मगर, डिकबहादुर समाल मगर, खड्गबहादुर पुर्वाछाने मगर, शिबबहादुर थापा र आसमान घले मगर रहेका छन् । यसैगरि भुपध्वज घले मगर, महन मगर, यकनारायण श्रेष्ठ, शिबकुमार मगर, भिमबहादुर मगर, सर्बधन मगर, फौदसिंं मगर, एकबहादुर मगर, मानबहादुर बि.क.,मोहनकुमार बि.क., सूर्य पराजुली, लोकबहादुर मगर पेशलकुमार मगर, पदनकुमार मगर र भेषकुमार आले मगर रहेका छन् ।

एकीकृत समाजवादी पार्टी गठनपछि साउने र खाँबुमा नेकपा एमाले सून्यमा पुगेको त्रियुगा नगर कमिटी एसका अध्यक्ष जनार्दन रेग्मीले बताए । अध्यक्ष रेग्मीका अनुसार एमालेमा रहेका ९० प्रतिशत नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा रहेको छ ।

Facebook Comments