सिङ्गल सिङ्गल निर्वाचनमा जान माओवादी केन्द्रलाई सुझाब (फोटो फिचर सहित)

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्रियुगा नगर समिति उदयपुरको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ । बैठक मंगलबार सदरमुकाम गाईघाट स्थित होटल टाउनहलमा सम्पन्न भएको थियो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), मणि खम्बु किराती, पार्टीका प्रदेश सदस्य, निरज पौडेल, सम्झना तामाङ लगायतका अथितिहरुको उपस्थिति रहेको त्रियुगा पार्टी अध्यक्ष गिता खड्का कार्की (अजिता)ले बताए । अध्यक्ष अजिताका अनुसार बैठकमा वडा पार्टीका अध्यक्षहरुले पार्टी सम्बन्धि रिपोटिङ गरेका थिए ।

रिपोटिङका क्रममा उनिहरुले कुनै पनि पार्टीसँग गठबन्धन नगरी सिङ्गल सिङ्गल निर्वाचनमा सहभागि हुनु पार्टीलाई सुझाब दिएका थिए । उनिहरुले पहिलाको तुलनामा पार्टी धेरै राम्रो भएको समेत बताएका थिए ।

Facebook Comments