चोक्टा खान गएकालाई झोलमा डुवाउने उपयुक्त समय आयोः अध्यक्ष ओली

उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चोक्टा खान गएकाहरुलाई झोलमा डुवाउने उपयुक्त समय आएको बताएका छन् । नेकपा एमाले उदयपुरले सदरमुकाम गाईघाटमा आयोजना गरेको वृहद जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

उनले पार्टी छोडेर गएका माधव नेपाल समुहलाई लक्षित गर्दै उनले बैशाख ३० गते उपयुक्त समय भएको बताएको हो । हल्का दुखाई मात्र कम भएको हो, अव हाम्रो वजन बढिसकेको छ । उनले सत्तामा रहे पनि नरहेपनि एमाले प्रति जनताको विश्वासमा कमी नआएको बताए ।

पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विकास र समृद्धीको यात्रामा एमालेले गरेको असाधरण उपलब्धिलाई देख्न नसकेर परमादेसबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराईने उद्घोष गरे । उनले जिल्ला र स्थानीय तहलाई जोडन्े गरी २ सय ६६ वटा सडक राजमार्ग र ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षडयन्त्रपुर्वक एमालेलाई सरकारबाट हटाइएको बताए ।

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै यसलाई एमालेलेमात्र अघि बढाउन सक्ने बताए । ओलीले सत्तामा रहँदा विकास निर्माणका गतिलाई असाधरण ढंगले बढाइएको बताए । त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पतालको भवन र सेवा उद्घाटन गर्न हेलिकोप्टर चढेर आएका अध्यष ओली करिव तीन घण्टा पछि राजधानी फर्किएका छन् ।

Facebook Comments