वाईसिएल विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न, विभिन्न पार्टीमा आवद्ध दर्जनौं क्रियाशिल युवाहरु प्रबेश

उदयपुर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल उदयपुरको विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बिहिबार सदरमुकाम गाईघाटमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लामा रहेको चार नगरपालिका र चार गाउँपालिकाबाट वाईसिएल नेता तथा कार्यकर्ताहरु सहभागी भएको वाईसिएल प्रदेश ईन्चार्ज एबिराज राईले बताए । ईन्चार्ज राईका अनुसार भेलाले २५ सदस्यी जिल्ला समन्वय समिति घोषणा गरेको छ । तत्कालिन नेकपा विभाजनपछि नेतृत्व सम्हाल्दै आएका ज्ञानेन्द्र मगरको संयोजकत्वमा सो समिति घोषणा भएको उनले बताए ।

कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेस सम्बद्ध कृयाशिल दर्जनौं युवाहरुले पार्टी प्रबेश गरेका छन् । उनिहरुले पार्टी प्रबेशको क्रममा देश र जनताको भावना माओवादी केन्द्रले बुझ्ने बताए । एमाले, कांग्रेस जस्ता पार्टीमा रहेर जनताको भावना अनुसार काम गर्न नसकिने उनिहरुको भनाई छ । उनिहरुले आफुहरुले जस्तै अन्य पार्टीका युवाहरुले पनि नयाँ सोच बनाउन आग्रह गरेका छन् ।

भेला तथा प्रशिक्षण कार्यक्रममा वाईसिएलमा आवद्ध एक हजारभन्दा बढी नेता र कार्यकर्ताको उपस्थिति रहेको जिल्ला संयोजक ज्ञानेन्द्र मगरले बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सुरेश कुमार राई, केन्द्रीय सदस्य मणी खम्बु, भेषकुमारी राउत, जिल्ला सह–ईन्चार्ज राजन किराती र केपी बरालको उपस्थिति रहेको थियो ।

त्यसैगरि कार्यक्रममा पार्टी प्रदेश सदस्य नारायण बुर्जा मगर, द्रोण पौडेल, काजिमान तामाङ, ढु्ंगराज बिक, भगवती खनाल, झनक बिक, सम्झना तामाङ, बिमल किराती, रमण भट्टराई, दिलकुमारी मगर, अमृता राइर्, निर्माला मगर र वाईसिएल प्रदेश संयोजक डम्बर पुलामी मगर लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments