



देउरी । जनता माध्यमिक बिद्यालय देउरीको १२ औं अभिभावक भेला सम्पन्न गरेको छ । भेला आईतबार सम्पन्न भएको हो । भेलाले विद्यालय ब्यवस्थापन समिति सदस्य चयन र शिक्षक अभिभावक संघसमेत गठन गरेको छ ।
जसमा खुल्ला सदस्यमा मोहनदेब चौधरी, महिला सदस्य समिना कुमारी चौधरी र दलितबाट ईन्दिरा बि. क. चयन भएका छन् । त्यसैगरि शिक्षक अभिभावक संघको अध्यक्षमा सन्तोष कुमार खड्का चयन भएका छन् । उनको नेतृत्वमा सात जना चयन भएका छन् ।
शिक्षा ऐन २०२८ दफा १२ अनुसार सो समिति चयन भएको हो । जसमा अभिभावकहरूबाट दुई महिला सहित चार, शिक्षक प्रतिनिधि एक, वडा प्रतिनिधिबाट एक जना समितिमा चयन गर्ने व्यवस्था छ । त्यसैगरि प्रधानध्यापक सहित सात, शिक्षा प्रेमी तथा बुद्दिजिवीबाट दुई जना मनोनित गरेर नौं जनाको समिति समेत गठन गर्ने ब्यवस्था रहेको छ ।
त्रियुगा नपा वडा ६ मा अवस्थित उक्त विद्यालयको विगत लामो समय देखि समिति गठन हुन सकेको थिएन । भेला वि.व्य.स. को अभावमा नगर शिक्षा प्रमुख एक बहादुर राउतको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा नगरपालिकाका मेयर बलदेव चौधरी रहेको थियो ।