एमसिसी सदनको बिषय हो, एमाले त्यहीँ जवाफ दिन्छः एमाले सचिब भट्टराई

उदयपुर । नेकपा एमालेका सचिब योगेश भट्टराईले नेकपा एमाले एमसिसीका बिषयमा समय आएपछि सदनबाट जवाफ दिने बताएका छन् । स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टीको प्रशिक्षण कार्यक्रममा सदरमुकाम गाईघाट आईपुगेका नेता भट्टराईले शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले एमाले मुलुकको जिम्वेवारी पार्टी भएकाले एमसिसीको सवालमा उचित समयमा उचित निर्णय दिने समेत बताए । सचिब भट्टराईले गठबन्धन सरकार बने यता मुलुकमा आर्थिक विपत्ति र वाह्यि शक्ति सन्तुलन नीति कमजोर बन्दै गएकाले अनिर्णयको बन्दी बनाउने गठबन्धन छिटो भत्काउनु पर्ने बताए ।

अहिले सत्ता गठबन्धनभित्र देखिएको संकटलाई राष्ट्रिय संकटको रुपमा देखाइएको र मुलुकलाई भूराजनीतिक चलखेलको केन्द्र बनाइएको उनको टिप्पणी छ । उनले समय र परिवेशले मुलुकलाई नयाँ जनादेशमा जानु पर्ने अवश्था देखायो त्यसैले लोकतन्त्रलाई सुदृढिकरण गर्न, कमजोर आर्थतन्त्रलाई वलियो बनाउन छिटो भन्दा छिटो निर्वाचन गराई स्थायी सरकार बनाउनु पर्ने धारणा राखेका थिए ।

सचिब भट्टराईले एमसिसीको बिषयमा प्रधानमन्त्री देउवाले एमालेसँग संवाद गरे पनि आफूहरुले उठाएको कुरा सम्बोधन नभएसम्म खाली चेकमा सही गरेर नदिने स्पष्ट पारे । एमसिसीका बिषयलाई लिएर पछिल्लो समय नेपाल शक्तिराष्ट्रको खेलोफड्को गर्ने थलो भएकाले सरकारलाई जिम्वेवार ढंगले प्रस्तुत हुन उनले चेतावनी समेत दिएका छन् ।

Facebook Comments