चोरी निकासी प्रहरी रोक्ने, बन कर्मचारी छोड्ने

गजेन्द्र राई
उदयपुर । उदयपुरमा प्रहरीले पक्राउ गरेको अबैध चोरी निकासी गर्दै गरेको काठ र त्यसमा संलग्न मानिसहरु अनुसन्धान बिना छोडिएको छ । जिल्लाको बेलका नगरपालिका २ स्थित गिदेरी खोलाबाट प्रहरीले पक्राउ गरेको काठ र मानिसहरु सब डिभिजन बन कार्यालय तपेश्वरीले छोडिदिएको हो ।

काठ स्थानीय सप्तकोशी सामुदायिक बनमा काटिएको र सो बन क्षेत्रबाट पक्राउ परेको थियो । पक्राउ परेको काठ र मानिसहरु सोमबार आवश्यक कार्वाहीको लागि भन्दै बन कार्यालय तपेश्वरीलाई बुझाएको प्रहरीले जनाए ।

प्रहरीले जनाएअनुसार बैलगाडीमा लोडगरेर लान तयार पारेको अबस्थामा सालजातको पाँच टुना काठ पक्राउ परेको थियो । काठ चोरी निकासीमा संलग्न भई पक्राउ पर्नेहरुमा जिल्लाको बेलका २ शान्तिनगर बस्ने बर्ष २८ को दिपक रिखाम मगर, बर्ष ३० को बिश्वनाथ चन्द्रबंशी, बर्ष ६५ को मानबहादुर मगर र बर्ष ४५ को महेन्द्रबहादुर राई रहेका छन् ।

उनिहरुलाई प्रहरीले बुझाए लगत्तै बन कार्यालयले छोडिएको स्थानीयहरुले बताए । उनिहरुका अनुसार सब डिभिजन बन कार्यालय तपेश्वरीका कर्मचारीहरु मोटो रकम प्रलोभनमा परेर पक्राउ परेको काठ र उनिहरुलाई सामुदायिक बनको जिम्मामा छोडिदिएको थियो ।

उता सब डिभिजन बन कार्यालय तपेश्वरीका सब डिभिजन अधिकृत बिनोद कुमार साहले सामुदायिक बनको बिद्यान अनुसार पक्राउ परेको काठ र मानिसहरु समुहलाई जिम्मा लगाएको बताए । उनले मोटो रकम प्रलोभनबारे आफुहरुलाई आरोप रहेको भन्दै अस्वीकार गरेका छन् ।

यता सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कुमार थापाले सब डिभिजनबाट बुझिलिएको मानिसहरुलाई समुहको निर्णय अनुसार जरिवाना गरेर छोडेको बताए । उनका अनुसार प्रति ब्यक्ति ७० हजारको दरले समुहको खातामा जरिवना रकम जम्मा गर्ने गरी छोडिएको छ ।

आफुहरुले दुःख गरेर चोरी तस्करी र त्यसमा संलग्न मानिसहरुलाई पक्राउ गर्दै आएको प्रहरीहरु बताउछन् । तर पक्राउ परेकाहरुलाई कार्वाहीको लागि बुझाएपनि बन कार्यालयले सहजै छोड्ने गरेको प्रहरी अधिकृतहरुले गुनासो छन् ।

Facebook Comments