वडाअध्यक्षले चलाएको मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु

उदयपुर । उदयपुरमा वडाअध्यक्षले चलाएको मोटरसाईकल दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका ६ का वडाअध्यक्ष निर्मल कुमार चौधरीले चलाएको मोटरसाईकल दुर्घटनामा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय कुमारीचोक बस्ने बर्ष ५३ को रामचन्द्र चौधरी (थारु) रहेका छन् । उनको वडाअध्यक्ष चौधरीले चलाएको स.१ ब. ८९७ नम्बरको सरकारी मोटरसाईलको ठकरबाट मृत्यु भएको प्रहरीमा परेको किटानी जाहेरीमा उल्लेख छ ।

किटानी जाहेरीमा उल्लेख भएअनुसार दुर्घटना गाईघाट–कदमाहा खडक खण्ड अन्तरगत त्रियुगा नगरपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने कुमारीचोकमा भएको थियो । बुधबार राति भएको दुर्घटनामा गम्भिर घाईते भएको रामचन्द्रको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि रेफर भएको थियो । रेफरपछि बिराटनगर तर्फ लाने क्रममा उनको बाटोमा मृत्यु भएको पारिवारिक स्रोतले बतायो ।

वडाअध्यक्ष चौधरी बिरुद्ध बिहिबार किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) सुवासचन्द्र बोहोराले बताए । एसपी बोहोराका अनुसार अहिले वडाअध्यक्ष चौधरीको बिराटनगर स्थित कोशी अस्पतालमा उपचार गराईरहेका छन्भने मृतक चौधरीको शब जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।

Facebook Comments