माओवादी प्रचारप्रसार समितिको संयाेजकमा गजेन्द्र राई

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उदयपुरको नगर पार्टी प्रचारप्रसार समिति संयाेजकमा गजेन्द्र राई मनोनित भएका छन् । उनलाई शनिबार बसेको पार्टीको दोस्रो बैठकले त्रियुगा नगर समितिको प्रचारप्रसार समिति संयाेजकमा मनोनित गरेका हुन् ।

त्रियुगा नगर समितिका अध्यक्ष गिता खड्का कार्की (अजिता)ले राईलाई नगर पार्टीको दोस्रो बैठकले मनोनित गरिएको बताए । अध्यक्ष अजिताका अनुसार नगर समिति उपाध्यक्ष प्रलाद बिक (सागर)ले राईको नाम प्रस्ताव गरेका थिए ।

राई अघिल्लो कार्यकालमा पनि प्रचारप्रसार समितिको संयाेजक रहेका थिए । संयाेजक राई प्रेस सेन्टर नेपाल प्रदेश नम्बर १ काे सचिव समेत हुन् । बैठकले नगरभित्र रहेको वडाहरुमा ईन्चार्ज र सह-ईन्चार्ज र विभिन्न २८ विभागीय समितिहरु समेत मनोनित गरिएको छ ।

बैठकमा पार्टीका प्रदेश नम्बर १ का सदस्य राजन किराँती (बासु), बिमल किराँती, सम्झना तामाङ (याेद्दा), जिल्ला समन्वय समितिका सचिब किरण राई र वाईसीएल प्रदेश सदस्य अर्जुन तामाङ लगायत अन्य अतिथिहरुकाे उपस्थित रहेका थिए ।

Facebook Comments