उदयपुरमा ठूलो परिमाणमा अबैध लागुऔषध र रकम सहित तिन युवा पक्राउ

उदयपुर । उदयपुरमा ठुलो परिमाणमा अबैध लागुऔषध गाँजा सहित कारोबारीमा संलग्न तिन ब्यक्ति पक्राउ परेको छ । उनलाई बिशेष सुचनाको आधारमा बिहिबार बिहान प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा गाडीधनी र चालक समेत रहेका बेलका ८ बस्ने बर्ष २७ को गोकुल राई, बेलका ७ बस्ने बर्ष २९ को मनोज राई र सुनसरीको बराहक्षेत्र १ बस्ने बर्ष २३ को मनिष धामी रहेका छन् । उनलाई बेलका नगरपालिका ८ सिरुवानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) सुवासचन्द्र बोहोराले बताए ।

एसपी बोहोराका अनुसार उनिहरुको साथबाट स १ ज २७६१ नम्बरको महेन्द्र पिकप भेन र सो भेनमा निलो त्रिपालले छोपी लुकाईछिपाई १६ ओटा बोरामा राखिएको चार सय के.जी. गाँजा र रु. ६३ हजार २५रुपैया नगद पक्राउ गरिएको थियो । त्यसैगरि गाँजा कारोबारीमा प्रयोग गरिदै आएको तिन थान स्मार्ट मोवायल सेट र एक थान सादा मोवायल सेट बरामद भएको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । उनिहरुलाई अहिले उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments