चौदण्डीगढी । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराकासाथ उदयपुरकको चौदण्डीगढी नगरपालिकामा आइतबारबाट एक महिने ‘प्रथम चौदण्डीगढी खेलकुद महोत्सव’ शुरु भएको छ । एक महिने महोत्सवको उद्घाटन भलिबल खेलबाट १ नं. वडा चौदण्डीगढी पुगेर नगर प्रमुख खगेन्द्र राईले गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख राईले सर्वसाधारण सबैले सुख, शान्ति र समृद्ध चाहेको बताए । खेलकुदबाट समग्र चौदण्डीगढीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उदेश्यले महोत्सवको आयोजना गरिएको बताए ।
लामो समयसम्म कोरोना महामारीले थला परेको जनजीवनलाई खेलमैदानमा आएर खेलकुद हेरेर पनि (फ्रेस) हुने बताउँदै सबै वडामा प्रतियोगिता सञ्चालन गरिने बताए । नेपालको संविधानले दिएको अधिकारहरुलाई प्रयोग गर्दै नगरवासीको हितमा शिक्षा, स्वास्थ्य, कृषि लगायत रोजगारमा फड्कोमारी रहेको नगर प्रमुख राईको धारणा व्यक्त गरे ।
उनले भने, ‘दलहरुले आफ्नो नितिभन्दा नियतलाई सफा गर्न जरुरी छ । नागरिकको समस्यालाई साझा समस्याको रुपमा लिएर समाधान गर्न नेतृत्वको कर्तव्य हो ।’ उद्घाटन खेलमा भोजपुरको आमचोक र उदयपुरको त्रियुगाबीज भएको खेलमा आमचोक विजयी भएका छन् भने त्यस्तै बेलका र आयोजक ‘ए’बीज भएको प्रतियोगितामा आयोजकले जित हासिल गरेको चौदण्डीगढी भलिबल संघका संयोजक सन्तोष राईले जानकारी दिए । महोत्सवमा प्याराग्लाइडिङकोसमेत परीक्षण उडान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरी, वडाध्यक्षहरु रोहितमान तामाङ, गडुडमान विक, प्रकाश राउत, रामकुमार खड्काले शुभकामना दिएका थिए । त्यसैगरी कार्यक्रममा मिना राई, दलीय आधारबाट नेकपा एमालेका वडा स्थानीय नेता जागिरमान राई, नेकपा (माओवादी केन्द्र)का नीरबहादुर राई,
नेपाली कांग्रेसका मिनबहादुर कोइराला र शिक्षक तथा प्रधानाध्यापकहरुकोतर्पmबाट राजकुमार ओझा, तारानाथ कटवालले पनि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा ८ नं. वडाका सदस्य बासुदेव राई, प्रअद्धय दिनेश ढुंगाना, पदम तामाङ लगायतको उपस्थिती रहेको थियो ।
वडाध्यक्ष तामाङको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रम भलिबलका संयोजक सन्तोष राईको सञ्चालन र नगर खेलकुद विकास समितिका संयोजक शसिचन्द्र राईको सभापतित्वमा शुरु भएको छ । प्रतियोगितामा विजयी हुने समूहले प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश, १ लाख २५ हजार, ७५ हजार र ३५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका सचिव भाष्कर चौधरीले जानकारी दिए । उक्त प्रतियोगिता ३ गतेसम्म सञ्चालन हुनेछ ।