किरासाँक संघ उदयपुरको नयाँ नेतृत्वमा भुपेन्द्र राई

उदयपुर । सम्पूर्ण किराती कलाकारहरुको छाता संगठन किरात राई सास्कृतिक कलाकार संघ (किरासाँक संघ) उदयपुरको नयाँ नेतृत्वमा भुपेन्द्र राई चयन भएका छन् । शनिबार सम्पन्न किरासाँक संघको तेस्रो अधिवेशनले राई सर्बसहमत चयन भएका हुन् ।

अधिवेशनले राई नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चयन हुने नयाँ कार्यसमितिको उपाध्यक्षमा नबिन राई, सचिबमा दिपक राई, सहसचिबमा रिजना राई र कोषाध्यक्षमा मनिता राई चयन भएका छन् ।

यसैगरि नयाँ कार्यसमितिको सदस्यहरुमा सन्तमान राई, अनुद सुदन राई, रेणुका राई, पदम राई र संरक्षक राई रहेका छन् । त्यसैगरि अन्य सदस्यहरुमा ताया राई, शोभा राई, प्रेमजङ्ग राई, सुबिन राई र अस्मिता राई सर्बसहमत चयन भएका छन् । कार्यक्रम त्रियुगा नगरपालिका ११ स्थित साकेला थानमा सम्पन्न भएको थियो ।

Facebook Comments