राष्ट्रपति प्रमुख अतिथि बनाउने बिषयमा बिवाद, बालसंगठन अध्यक्ष दाहालद्धारा ‘नोटअफ डिसेन्ट’

उदयपुर । नेपाल बाल संगठन उदयपुरका अध्यक्ष भुवन दाहालले एक बिद्यालय भवन निर्माण सम्बन्धी बैठकमा ‘नोटअफ डिसेन्ट’ लेखेका छन् । उनले जिल्लाको त्रियुगा नगरपालिका १० बोक्से स्थित बाल मन्दिर माध्यमिक बिद्यालयको परिषरमा निर्माण हुन लागेको भवन निर्माण सम्बन्धी बैठकको निर्णय पुस्तिकामा ‘नोटअफ डिसेन्ट’ कुरा लेखेका हुन् ।

बैठक नगरप्रमुख बलदेब चौधरीको अध्यक्षतामा सोमबार भएको थियो । संगठनका अध्यक्ष दाहालले निर्णय पुस्तिकाको अन्तिम पृष्ठमा ‘निर्णय नं. १ को बुदा नम्बर २ मा सहमति जनाउदै बाकी बुदाहरुमा कार्यानयन गर्नका लागि मिति २०७८÷१÷२७ गते भएको १२ बुदे सम्झौता कार्यानयन नगरेसम्म भवन शिल्यान्यास लगायत अन्य कार्यमा नेपाल बाल संगठन (बाल मन्दिर) उदयपुरको सहमति नरहेको हुदा यो निर्णयमा असहमति छ’ भन्ने शब्द्ध लेखेका छन् ।

उनले भवन शिल्यान्यासका लागि राष्ट्रपति बिद्यदेबि भण्डारीलाई प्रमुख अतिथि बनाउने बिषय उठाउदै आएको बालमन्दिर माध्यमिक बिद्यालय बोक्सेका प्रधानध्यापक जेबि खड्काले बताए । प्रधानध्यापक खड्काका अनुसार पछिलो बैठकहरुको निर्णयले राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि नबनाउने शंकामा संगठन अध्यक्ष दाहालले ‘नोटअफ डिसेन्ट’ लेखेका हुन् ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः


‘नोटअफ डिसेन्ट’ लेखेको बैठक पुस्तिकाको बुदा नम्बर १ मा त्रियुगा नगरपालिका वडा नं. १० स्थित बाल मन्दिर माध्यमिक बिद्यालयमा भवन निर्माण गर्न कुनै पक्षबाट अवरोध नगर्ने र सबै पक्षबाट सहयोग गर्ने । त्यसैगरि बुदा नम्बर २ मा श्री बाल मन्दिर माध्यमिक बिद्यालयमा भवन निर्माणको सिल्यान्यास गर्नको लागि सम्माननीय राष्ट्रपति ज्यूमा अनुरोध गर्ने ।

यसैगरि बुदा नम्बर ३ मा बुदा नं. बमोजिम शिल्यान्यास कार्यक्रम गर्न असम्भाव भएमा २०७८ साल माघको दोस्रो हप्तासम्ममा नेपाल सरकारको प्रतिनिधि, नेपाल बाल संगठनका प्रतिनिधि र भारतीय दुतावासको प्रतिनिधिलाई निमन्त्रणा गरी भवन निर्माणको सिल्यान्यास कार्यक्रम गर्ने भन्ने उल्लेख गरिएको छ ।

भारतीय सरकारको तिन करोड उनन्चास लाख छयासी हजार सात सय बयालिस पैसाको आर्थिक सहयोगमा भवन सिल्यान्यास हुन लागेको हो । यस बिषयमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाअध्यक्ष प्रकाश कुमार खड्काले बिद्यालय भवन निर्माणका लागि बाल संगठनको अघिलो कार्यसमितिसँग संगठनको जग्गामा भवन निर्माणको लागि सम्झौता भएको बताए ।
अध्यक्ष खड्काका अनुसार एमाले उदयपुर अध्यक्ष ईश्वरमणी राउत र प्रदेश सांसद् बिमल कार्कीले राष्ट्रपति ल्याउने सम्भावना न्यून रहेको बताएपछि बाल संगठन अध्यक्ष दाहालले यस्तो गतिबिधि गरेका हुन् । यसै बिषयमा संगठनका अध्यक्ष दाहालले बिद्यालय भवन निर्माणको लागि अघिलो कार्यसमितिसँग जग्गाको सम्झौता भएको स्वीकारेका छन् ।

अध्यक्ष दाहालले अघिलो समितिसँग के कसरी सम्झौता भयो आफुलाई थाहा नभएको बताए । उनले भवन निर्माण नहोस् भन्ने आफ्नो भावना नरहेको बताए । तर, भवन निर्माणपछि त्यसको स्वामित्व बाल संगठनको नाममा पनि हुनुपर्ने उनले बताए ।

बिद्यालय भवन निर्माणका लागि थापा निर्माण सेवा, मन्थली, रामेछाप, वागमति प्रदेशसँग २०७८÷६÷१९ मा सम्झौता भएअनुसार २०७९÷९÷२१ सम्ममा योजना सम्पन्न हुने गरी सिल्यान्यास गर्न लागिएको हो ।

Facebook Comments