उदयपुर । महिलाहरुको कला र गलाको क्षमता अभिबृद्धी गर्ने उदेश्यले उदयपुरको त्रियुगा नगरपालिका वडानम्बर १२ ले पाँच दिने उदघोषण तालिम आयोजना गरेको छ । व्यवहारिक ज्ञानमा मात्र सिमित रहेका महिलाहरुलाई सभासम्मेलनमा निर्धक्कसँग बोल्ने क्षमताको विकास गर्ने गरी तालिमको आयोजना गरिएको हो ।
तालिमको उद््घाटन गर्दै उपमेयर देवीकुमारी चौधरीले अवसर पाए महिलाहरु कमजोर नभएको बताईन् । उनले सवल महिला नेतृत्व उत्पादनका लागि नगरपालिकाले आफ्ना मातहतका युनिटबाट निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताईन् ।
अब महिलाहरु कमजोर नभएको उनको तर्कछ । विगतका घटनाक्रमलाई स्मरण गर्दै उनले भनिन्, ‘हिजो माईकमा बोल्नु त के उभिनसमेत डराउँथ्यौ तर अहिले त्यसले कोल्टो फेरेको छ, यस्ता लक्षित कार्यक्रम र अभियानले जुझारु र सवल नेतृत्व उत्पादन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले महिलाको सिपविकासका लागि नगरपालिकाले योजनाहरु अघि सारेको बताए । उनले आधा हिंस्सा ओगटेको महिला नेतृत्व हिजोेभन्दा आज सवल र संक्षम बन्दै गएको बताए ।
वडाध्यक्ष जयविक्रम राईले अवसर पाएर पनि बोल्ने सिप नहुँदा अझै पनि महिलाहरु पछि परेकाले उनीहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएकोे बताए । व्यवहारिक र वाहिय ज्ञान विच फरक रहेको हुँदा वाहिरको वातावरणअनुसार महिलाको क्षमता बृद्धीका लागि वडाले योजना बनाएको बताए ।
तालिममा वडा भित्रका टोलविकास संस्थाका ६० जना महिलाहरुको सहभागिता रहेको वडा सचिब निरु कार्कीले बताईन् । पाँच दिनसम्म सञ्चालन हुने तालिममा महिलालाई सभासम्मेलन, बैठकहरुमा बोल्ने सिपकला सिकाईने उनले बताईन् । तालिमको सहजिकरण तेजेन्द्र न्यौपानले गरेका छन् । उद्घाटन शत्रमा वडासदस्यहरुकोसमेत उपस्थिति रहको थियो ।