उदयपुरमा जवरजस्ति करणी आरोपमा एक बृद्धा पक्राउ

उदयपुर । उदयपुरमा एक बृद्धा जवरजस्ति करणी आरोपमा पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका १२ बस्ने बर्ष ७० को गणेश भन्ने जयबहादुर खत्रि रहेको छ ।

उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । कार्यालयका अनुसार उनलाई एक छिमेकी अपांग महिला माथी जवरजस्ति करणी गरेको आरोप छ ।

अहिले पीडित महिलाको जाहेरीको आधारमा जिल्ला अदालतबाट ५ दिनेको म्याद लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Facebook Comments