उदयपुरमा सुनसफा गर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ, सफा गर्ने भनिएको सुन एक तोलामा आदितोला ठगी

उदयपुर । उदयपुरमा सुन ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनिहरु सुन सफा गर्ने नाउमा ठगी गर्दै हिड्ने गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए ।

डिएसपी गौतमका अनुसार पक्राउ पर्नेहरुमा भारत बिहार सहरस बस्ने बर्ष ४५ को अरुण साह र सोहि ठेगाना भएको बर्ष ३० को हरिराम साह रहेका छन् । उनिहरुले बिभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्ने बहानामा घटाउने गरेको पाईएको छ ।

त्रियुगा नगरपालिका ४ बगाहामा तारा बहादुर राईको छोरी कमला राईको सुन सफा गर्ने क्रममा एक तोला सुनलाई आदितोला बनाएर फिर्ता गरेको प्रहरीले जनाएको छ । बिभिन्न प्रलोभनमा पारी राईले लगाईरहेको सुनको एक तोला सिक्रिलाई तत्काल सफा गरी लिने भन्दै झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पिडितले प्रहरीलाई जानकारी गराएका थिए ।

सफा गरी फिर्ता गरेको सुन पहिलेको भन्दा कम परिणाममा देखिएपछि पिडितलाई शंका लागि तोल गर्दा एक तोलामा आदि तोला भएको पाईएपछि प्रहरीमा पिडितले उजुरी गरेका थिए । पीडितको उजुरीका आधार उनिहरुलाई खोजतलास र अनुसन्धान गरी पक्राउ गरिएको डिएसपी गौतमले जानकारी बताए ।

डिएसपी गौतमले बताएअनुसार उनिहरुको साथ बाट झोलामा बोकेको पिताम्वर, सुन सफागर्ने सामाग्रीहरु, एसिड, मट्टितेल र सुनका स–साना टुक्राहरु समेत फेला पारेको थियो । उनिहरुले अन्य व्यक्तिहरुलाई समेत यसैगरी ठगी गरेको हुन सक्ने भन्दै अदालतबाट १० दिनको म्याथ थप गरी अनुसन्धान भईरहेको छ ।

प्रहरीले यस बिषयलाई आईतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै सम्पूर्ण जिल्लावासी नागरिकहरुमा सुन सफा गर्नेहरु सँग सचेत रहन आग्रह गरेका छन् । अहिले उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Facebook Comments