अदालतबाट न्याय नपाएको भन्दै पीडितहरु मिडियामा

उदयपुर । उदयपुर जिल्ला अदालतबाट आफुहरुले न्याय नपाएको भन्दै पीडितहरु मिडियामा धाउन थालेका छन् । मिडिया धाउनेहरुमा जिल्लाको त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउनेका स्थानीयबासीहरु रहेका छन् ।

उनिहरु आफुनो सात बर्षे बालिका बलत्कार गर्ने ब्यक्तिहरुलाई सुधारगृह पठाउनुको साठो सामान्य तारिकमा छोडिदिएपछि मिडियामा धाउनु परेको बताए । यसरी मिडिया धाउन बाध्य पर्नेमा जिल्लाको त्रियुगा १६ जाल्पाचिलाउने बस्ने बर्ष १२ को बिपिन राई र बर्ष १० को गगन राई रहेका छन् । उनिहरु एकाघरका दाजुभाई हुन् ।

उनिहरुले नाताले बैनि पर्ने बर्ष ७ को एक बालिकालाई पटकपटक सामुहिक बलत्कार गर्दै आएको प्रहरीमा दिईएको उजुरीमा उल्लेख गरिएको छ । प्रहरीको अनुसार जिल्ला प्रहरी कार्यालयबाट सो मुद्दा जिल्ला अदालतमा पुगेको थियो ।

प्रहरी मार्फत अदालत पुगेको उनिहरुलाई सामान्य तारिकमा छोडिएको पीडितको आफन्तहरु बताउछन् । आफन्तहरुका अनुसार तारिकमा छोडिएको उनिहरुले गाउँ पुगेर पुनः घटना दोहो¥याउने गरेको छ ।

घटना दोहो¥याएपछि पीडित बालिकासहित आफन्तहरु जिल्ला प्रहरीमा आएका थिए । घटना दोहोरियो भन्दै प्रहरीमा पुनः उजरी दिएपनि प्रहरीले लिन नमानेपछि पीडित र पीडितका आफन्तहरु यस निगरानी पोष्ट समक्ष आईपुगेका थिए । उनिहरुले मिडियामा आएर आरोपित बालकहरुलाई सुधारगृह वा प्रहरी नियन्त्रणमा राखिनुपर्ने मागसमेत गरेका छन् ।

Facebook Comments