प्रदेश राज्यराज्मन्त्री अधिकारीद्धारा सुरक्षा प्रमुखहरुको टिप्पणी, मन्त्रीकै भएन सुरक्षा स्कर्टिङ

उदयपुुर । प्रदेश नम्बर एकका राज्यमन्त्रीले लिलाबल्लब अधिकारीले मन्त्रीको सुरक्षा प्रवन्ध नगरेको भन्दै उदयपुरका सुरक्षा प्रमुखहरुको टिप्पणी गरेका छन् । कार्यक्रममा संगै सहभागि रहेका उदयपुरका प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा अंगका प्रमुखहरुको मन्त्री अधिकारीले सो टिप्पणी गरेका हुन् ।

राज्यमन्त्री अधिकारीले ससहित आफुलाई स्कर्टिङ नगरेको गुनासो गरेका थिए । प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षसमेत रहेका १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री अधिकारीले यस्तो गुनासो गरेका हुन् ।

प्रादेशिक सञ्चार प्रतिष्ठान १ नं. प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको समन्वयमा भएको पत्रकार आचार संहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रमको औपचारिकता सकिनै लाग्दा राज्यमन्त्री अधिकारीले कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसंधान निर्देशक देवराज लिम्बुसँग आफुलाई स्कटिङ किन नगरेको भन्ने आसयले कुरा राखे थिए ।

सुरक्षा अंगका सबै प्रमुखहरुबीच राज्यमन्त्रीले यस्तो कुरा राखेपछि सुरक्षामा त्रुटी भएको भन्ने आम बुझाई भयो । उनले हासेरै भएपनि स्कटिङ नगरेको गुनासो ब्यक्त गर्दै सुरक्षाप्रतिको टिप्पणीसहित विदाइ भएका थिए ।

तपाईहरुको सुरक्षा त्रुटी कि, राज्यमन्त्रीको बुझाइमा कमी भन्ने पूर्णपुष्टिको जिज्ञासामा प्रजिअ यादवले आज राज्यमन्त्री अधिकारीको स्कटिङ ब्यवस्था सुरक्षा मापदण्ड अन्तर्गत नभएकोले स्कटिङको ब्यवस्था नभएको बताए । राज्यमन्त्री आउनेबारे औपचारिक जानकारी कतैबाट नभएको जिल्ला प्रहरी प्रमुख एसपी बोहोराले बताए ।

उनले सुरक्षा कार्यविधि अनुरुप काम गर्नुपर्ने भएको र आजको राज्यमन्त्रीको आगमनमा स्कटिङको ब्यवस्था गर्नुपर्ने कुनै जानकारी नआएको उनले बताए । अन्तरक्रियामा पत्रकारहरुलाई पत्रकारिता सम्बन्धी महत्वपूर्ण सल्लाह, सुझाव आफ्ना विचार निकै लामो समयसम्म राखेका राज्यमन्त्री अधिकारी आफ्नै सुरक्षा प्रवन्धको कार्यविधिबारे जानकार देखिएनन् ।

सुरक्षा मापदण्डमै नभएको कुरा जोडेर टिप्पणी राख्नु र गुनासो राख्नु राज्यमन्त्री आप्mनै लागी लज्जास्पद विषय बन्न पुगेको छ । राष्ट्रपती, उपराष्ट्रपती, प्रधानमन्त्री, प्रधान न्यायधीय, सभामुख र गृहमन्त्री गरी राज्यका छ प्रमुख अंगलाई मात्र स्कटिङको ब्यवस्था गर्ने सुरक्षा मापदण्ड रहेको छ । तर, लिखित जानकारी आएको खण्डमा मन्त्री लगायतका उच्च पदस्थ ब्यक्तिहरुकोसमेत स्कटिङको ब्यवस्था हुने प्रावधान रहेको छ ।

Facebook Comments