उदयपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ

उदयपुर । उदयपुरमा एक शिक्षक जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रौतामाई गाउँपालिका ५ कालिमाटी बस्ने बर्ष २८ को प्रलाद राई रहका छन् ।

उनलाई प्रहरीले बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए । डिएसपी गौतमका अनुसार पक्राउ परेका राई रौतामाई गाउँपालिका ५ स्थित कालिमाटी माध्यमिक बिद्यालयका शिक्षक हुन् ।

उनलाई स्थानीय एक महिलामाथी जबरजस्ती करणी गरेको आरोप छ । आफुलाई जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले बिहिबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्दा दर्ता गराएका छन् ।

उनले शिक्षक राईमाथी जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दा दर्ता गराएको पीडितको आफन्तहरु बताउछन् । अहिले थप अनुसन्धानको लागि शिक्षक राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments