गठबन्धनको सरकार अन्तिमसम्म कायम रहन्छः मन्त्री खड्का

उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले गठबन्धनको सरकार अन्तिमसम्म कायम रहने बताएका छन् । त्यहि अनुरुप अहिले गठबन्धन सरकारको मन्त्रीमण्डलले पूर्णता पनि पाईसकेको मन्त्री खड्काले बताए ।

मन्त्री खड्काले यहि गठबन्धनको सरकारलाई एकताबद्ध राखेर निर्वाचन गराउने सरकारको लक्ष रहेको बताए । अहिले सरकारको प्राथामिकतामा कोरोनाको भ्याक्सिन रहेको मन्त्री खड्काको भनाई छ ।

मन्त्री खड्काले कोरोनाको भ्याक्सिन ल्याएर सहज रुपमा कसरी सबैको पहुजमा पु¥याउने र जनतालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बिषयमा सरकार गम्भिर रहेकोसमेत बताए । मन्त्री खड्काले प्रेस युनियन उदयपुरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । मन्त्री खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भए यता पहिलो पटक गृह जिल्ला उदयपुर आएका हुन् ।

Facebook Comments