गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमलाई अपराध अनुसन्धानतर्फ उत्कृष्ठ प्रहरी अधिकृतको रुपमा घोषणा गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले बुधबार आयोजना गरेको ६६ औं प्रहरी दिवसको अवसरमा भएको कार्यक्रममा उनलाई उत्कृष्ठ प्रहरी अधिकृतको रुपमा घोषणा गरिएको हो ।
डिएसपी गौतमलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पादन गरेको भन्दै अपराध अनुसन्धानतर्फ उत्कृष्ठ प्रहरी अधिकृतको रुपमा घोषणा गरिएको हो । उनलाई अनुसन्धानको क्रममा उत्कृष्ठ कार्य गरेकोले अनुकरणीय योगदानको उच्च मूल्याङ्कन गरेको भन्दै प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो । प्रशंसा पत्र प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजिपी) अरुण कुमार बि.सी.ले प्रदान गरेका थिए ।
Facebook Comments