उदयपुरको गाईघाटमा ‘भिवोन चियर’को उद्घाटन


उदयपुर ।
भारतीय कम्पनी भिवोन ब्राण्डका आधुनिक फर्निचरहरु उदयपुरको सदरमुकाम गाईघाटमा भित्र्एिका छन् । उदयपुर, खोटाङ, लगायतका पुर्वि जिल्लालाई लक्षित गरी कम्पनीले भिवोन ब्राण्डका कुर्सीहरु विहीबारदेखि औपचारिकरुपमा विक्रीवितरण सुरु गरेको हो ।

त्रियुगा नगरपालिका ११ पुरानो पेट्रोलपम्प अगाडी खोलिएको शोरुमको त्रिनपा ११ का वडाध्यक्ष विश्वराज भट्टराई र नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । १८ आइटमका चेयरहरु रहेको शोरुममा ९ हजार ७ सय ५० देखि १ लाख २९ हजार सम्मका चेयरहरु विक्रीका लागि राखिएको आधिकारिक विक्रेता पोखरेल एण्ड सन्स सप्लायर्स एण्ड ट्रेडसका सञ्चालक पर्वत पोखरेलले बताए ।

उनले यो कम्पनीका कुर्सी महँगो भए पनि आरामदायी र गुणस्तरीय रहेको बताए । नेपालमा हाल भिवोन ब्राण्डका फर्निचरका २९ वटा शाखा सञ्चालन रहेको कम्पनीका कन्ट्री म्यानेजर प्रवीन श्रीवास्तवले बताए ।

भिवोन चियर ढाड दुख्ने समस्या भएका व्यक्तिका लागि उपयुक्त हुने उनले बताए । प्रदेश १ का तीन स्थानमा विराटनगर, इटहरी र गाईघाटमा शाखा विस्तार गरिएको उनको भनाई छ । यस्तै प्रदेश २ मा पनि सेवा विस्तार गर्ने र अन्य स्थानमा पनि विस्तारै शाखा विस्तार गर्ने उनले जानकारी दिए ।

उक्त ब्रान्डका कुर्सी भारतमा बन्ने गरेको उनले बताए । उनले भिवोन ब्रान्डका प्रत्येक कुर्सीको दुई वर्षको वारेन्टी रहेकोसमेत जानकारी दिए । एउटा कुर्सीले सातदेखि आठ सयसम्मको भार थेग्नसक्ने उनले बताए ।

केही समयपछि भिवोन सर्भिस टेन्टर पनि सञ्चालनमा ल्याउने म्यानेजर श्रीवास्तावले जानकारी दिए । महँगो भए पनि दसैँतिहारको अवसरमा कम्पनीको तर्फबाट छुटको व्यवस्था गरिएको उनले बताए ।

Facebook Comments