उदयपुरको भूतिया दहमा डुबेर एक युवाको मृत्यु

बेलका । उदयपुरको भूतिया दहमा डुबेर एक युवा युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहैंचा नगरपालिका–४ बलिया निवासी अन्दाजी बर्षको २२ को शिखर सिलवार रहेको छ । उनको नुहाउँने क्रममा डुबेर मृत्यु भएको हो ।

उनको जिल्लाको बेलका नगरपालिका– ५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर सो दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बेपत्ता भएको थियो । बेपत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो ।

खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रायः गर्मीको समयमा स्थानीयबासी र बाहिरबाट आउने युवायुवतीहरु उक्त दहमा पौडि खेल्ने गरेका छन् ।

पौडि खेल्ने क्रममा केहीको मृत्यु भैसकेको छ भने धेरै युवावुतीहरु घाइते भएर घर फर्कने गरेको स्थानीयहरु बताउछन् । स्थानीयहरुका अनुसार बेलका नगरपालिकाले त्यस दहलाई पर्यटकीय स्थलको सुचिमा राख्दै आएको छ भने गर्मीको समय र बिदाको दिन ठूलो संख्यामा पौडी खेल्नहरु आउने गरेको छन् ।

Facebook Comments