उदयपुर प्रहरीद्धारा रस्साकसी प्रतियोगी सम्पन्न

उदयपुर । ६६ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय उदयपुरले रस्साकसी प्रतियोगी सम्पन्न गरेको छ । कार्यालयले मंगलवार सो प्रतियोगिता सम्पन्न गरेको हो ।

उक्त प्रतियोगीतामा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला, ईलाका प्रहरी कार्यालय बेल्टार, ईलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुर गरी ४ वटा पुरुषको टिम सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए ।

डिएसपी गौतमका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको २ वटा टिमसमेत गरी जम्मा ६ वटा टिम सहभागीता रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ जिल्ला प्रहरी कार्यालय उदयपुर प्रथम र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले द्धितीय स्थान हासिल गरेको कार्यालयले जनाएको छ ।

Facebook Comments