जबर्जस्ती करणी आरोपमा एक वकिल पक्राउ

उदयपुर । उदयपुरमा एक अधिवक्ता (वकिल)लाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुरठोक्सिला घरभई उदयपुर जिल्ला अदालतमा कानुन व्यवसायि गर्दै आएका वकिल सुमन भन्ने किरण केसी रहेका छन् ।

उनलाई दश बर्षदेखि निरन्तर एकल महिलासमेत रहेका एक महिलालाई जबर्जस्ती करणी गर्दै आएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए । डिएसपी गौतमका अनुसार वकिल केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेको केसी र पीडित महिलाबिच केहि दिनअघि जिल्ला मालपोत कार्यालय उदयपुरमा छलफलसमेत भएको पीडितको आफन्तहरु बताउछन् । आफन्तहरुका अनुसार मालपोत कार्यालय प्रमुख नबराज खड्काको कार्यकक्षामा छलफल भएको थियो ।

मालपोतमा भएको छलफलपछि यस अनलाईनको अफिसियल यूटुब च्यानल निगरानी टिभी (Nigrani TV)बाट पीडित महिला र आरोपित केसीको अन्तर्वार्ता सार्वाजनिक भएको थियो । अहिले पक्राउ परेको केसीलाई थप जिल्ला प्रहरी कार्यालय उदयपुरमा अनुसन्धानको लागि राखिएको छ ।

भिडियोः

Facebook Comments