त्रियुगा । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले निम्न र बिपन्न बर्गका उपभोक्तालाई सोलर र ग्याँस चुल्हो बितरण गरेका छन् । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १४ साउने स्थित नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समिति रहेका छन् ।
बिकास क्रमसँगै गाउँ भित्रिएको बिजुलि बत्तिको राम्रो प्रभाब नहुदा झनझटिलो रात्रीकालिन समयलाई सहज बनाउने र दैनिक रुपमा प्रयोग हुने झनझटिलो चुल्होबाट मुक्त गर्ने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलर र ग्याँस चुल्हो बितरण गरिएको समुहको अध्यक्ष मेघजित राई ‘कुमार’ले बताए । अध्यक्ष राईका अनुसार ०७८÷७९ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण शिर्षकबाट उपभोक्तालाई सोलर र ग्याँस चुल्हो बितरण गरिएको हो ।
समुहमा आबद्घ ६० घरधुरी मध्ये निम्न र बिपन्न बर्गका १० घरधुरीको उपभोक्ताहरुलाई एकएक थान ५० वाटको सोलर, सोलरमा प्रयोग हुने ब्याट्री र दुईवटा सोलर चिमसहित जडान गर्दा प्रयोग हुने अन्य सामाग्रीहरु र १८ घरधुरीका उपभोक्ताहरुलाई एकएक थान ग्याँस, ग्याँस चुल्हो र त्यसमा प्रयोग हुने अन्य सामाग्रीहरु बितरण गरिएको समुहको सचिब रिना राई बताए ।
सचिब राईका अनुसार सोलर र ग्याँस चुल्हो बितरण कार्यक्रममा समुहमा आबद्ध एकल महिला, जेष्ट नागरिक र दलित अपाङ्ग उपभोक्ताहरुलाई बितरण गरिएको थियो । सोलर बितरण कार्यक्रममा २२ जना अपाङ्ग, अशक्त र जेष्ट नागरिकहरुलाई पाँच हजारको दरले आर्थिक सहयोग समेत गरिएको थियो । त्यसैगरि खानेपानी समस्य भएको ठाउँहरुको लागि खानेपानीको पायपसमेत बितरण गरिएको थियो । सामाग्री समुहको अध्यक्ष मेघजित राईले हस्तान्तरण गरेका थिए ।
बिगतमा पनि आफ्नो उपभोक्ताहरुलाई आत्मानिर्भर बनाउने कार्यक्रमहरु समितिले गर्दै आएको स्थानीय उपभोक्ताहरु बताउछन् । उनिहरुका अनुसार कृषिमा आधारित कृषक उपभोक्ताहरुलाई कृषि तालिम, सिलाई बुनाई तालिम लगायतका बिभिन्न उत्पादनमुलक कार्यक्रमहरु गर्दै आएको छ ।