जनता रिझाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी

सोरुङ्गछविसे । सरकारले लगाएको प्रतिवन्ध फुकुवासँगै खुल्ला राजनीतिमा निस्किएको नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरले जनता रिझाउने गरी आफ्ना अभियानलाई तिव्रता दिएको छ । ग्रामिण भेगलाई लक्षित गरी नेकपाले पार्टीको कार्यदिसा अनुसार कम्युनिष्ट समाज निर्माणका लागि जनता रिझाउने गरी कार्यक्रम अघि सारेको हो ।

अभियानमा जनता र पार्टीलाई उत्पादनसँग जोड्ने गरी त्यहिँ किसिमा कार्यक्रम, जेष्ठ कम्युनिष्ट नेता सम्मान तथा भत्ता, बासस्थलको व्यवस्थापन जस्ता कार्यक्रम रहेको जिल्ला इन्र्चाज विवेक कुमालले बताए । उनले लामो समय कम्युनिष्ट आन्दोलनम होमिएर घरविहीन भएर बसेका जेष्ठ कम्युनिष्टको घर पार्टीले जिम्मा लिएर बनाईदिने र आर्थिकरुपले विपन्न रहेकाहरुलाई मासिक दुई देखि पाँच हजारसम्म सहयोग गर्ने पार्टीको कार्यदिसा रहेको बताए ।

अभियान अन्र्तगत नेकपाले उदयपुरका अग्रज तीन कम्युनिष्ट नेतालाई सम्मान गरेको छ । उदयपुरका कम्युनिष्ट आन्दोलनका अगुवा कटारी नगरपालिका १० सोरुङ्गछविसे वरडाँडाका ८८ बर्षिय पूर्णबहादुर खत्रीको जन्मोत्सवको अवसरमा उनी बस्दै आएको ठाउँमा कार्यक्रम नै आयोजना गरी उनीहरुलाई समान्न गरेको हो ।

जिल्ला सेक्रेटरी लक्ष्मण पौड्ेलका अनुसार खत्री, सोही ठाउँका ५५ बर्षिय चन्द्रबहादुर खत्री र ताप्लि गाउँपालिका ५ रुपाटारका ६७ बर्षिय गौरबहादुर देवकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । सोही अवसरमा घरविहीन भएर सामान्य झुप्रोमा बस्दै आएका ८८ बर्षिय पूर्णबहादुरको घर निर्माण गर्ने जिम्मा नेकपाले लिएको उनले बताए ।

तीन महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी घरको शिलान्यास गरिएको उनले बताए । उनले भने, ‘सहयोगी निकायहरुको साथसहयोगमा चाँडै पूर्णबहादुरको घर बनाएर हस्तान्तरण गर्छौ ।

झुप्रोमा आकाशको पानी वाहिर नजाने र जन्मिएका दुई छोरा शारिरिकरुपले अशक्त मात्र नभई वाक्यविहीन रहेकाले परिवार चलाउने अवश्था नदेखिएकाले सहयोग गरिएको सेक्रेटरी पौड्ेलले बताए । उनकाअनुसार पारिवारिक अवश्था दयनिय रहेकाले घर खर्चका लागि मासिक दुई हजार दिने पार्टीको निर्णय भएकाले नियमित रकम उपलब्ध गराइएको छ ।

Facebook Comments