कृशला हत्या आरोपमा दुई युवा सार्वजनिक

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ की कृशला चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । उनिहरुलाई सोमबार एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । घटनामा संलग्नहरुमा सप्तरीको सुरुङगा नगरपालिका १ बस्ने २७ बर्षिय उचितलाल सदा र २३ बर्षिय विषे सदालाई पक्राउपछि सार्वजनिक गरेको हो ।

श्रावण १३ गते देखि हराएकी चौधरीको राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा लाश दुर्घन्धित अबस्थामा फेला परेको थियो । कृशलाका वुवा प्रेम कुमार चौधरीले श्रावण २० गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा अस्पतालको शव गृहमा रहेको लाश आफ्नो छोरीको भनि जानकारी गराए थिए ।

प्रहरीको विशेष टोलीले आधुनिक प्रविधिको प्रयोग गरी घटना संलग्न व्यक्तिहरुसम्म पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) सुबासचन्द्र बोहोराले बताए । एसपी बोहोराका अनुसार अनुसन्धानको क्रममा एक सय जना भन्दा बढि व्यक्तिहरुलाई सोधपुच्छ गरिएको थियो ।

अनुसन्धानको क्रममा कृशलाको हत्या उचितलाल सदाले आफ्नो घरपरिवार विगारिदिएको भन्दै बदला स्वरुप हत्या गरिएको खुल्न आएको प्रहरीले जनाए । कृशला हत्यामा सामाजिक संजाल तथा बाहिरि हल्ला जस्तो बलत्कार, एसिडको प्रयोग भएको भन्ने कुरामा पोष्टमार्ट रिपोर्टमा पुष्टि नभएको प्रहरीले जनाएको छ ।

Facebook Comments