ईन्द्रकमलद्धारा भवन उद्घाटन

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेस्थित ईन्द्रकलम सामुदायिक बन उपभोक्ता समितिले अब आफ्नै सुविधा सम्पन्न कार्यालयबाट उपभोक्ताहरुलाई सेवा दिने भएका छन् । समितिले शनिवार एक कार्यक्रमबिच आफ्नो नयाँ भवन उद्घाटन गरेसँगै सो सुबिधाहरु दिने भएका हुन् ।

भवन कार्यालय र एक सभाहल सहित दुई कोठाको रहेको समितिका अध्यक्ष गोबिन्द मगरले बताए । अध्यक्ष मगरका अनुसार उपभोक्ता समितिको लगानीमा सो भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणको लागि समितिले जग्गासमेत खरिद गरेका थिए ।

करिब नौ लाख रुपैयाको लागतमा भवन निर्माण गरेको समितिका सचिब रिताकुमारी मगरले बताईन् । सचिब मगरका अनुसार भवन नहुँदा कार्यसमितिको बैठक उपभोक्ताको घर र सार्वजनिक ठाउँहरुमा बस्दै आउनु परेको थियो । भवन निर्माणपछि कार्यसमिति र उपभोक्ताहरु खुशी भएका छन् ।

भवनको उद्घाटन डिभिजन बन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेल, वडाअध्यक्ष कुरुङ राई र सामुदायिक बन महासंघ उदयपुरका उपाध्यक्ष बेदबहादुर राईले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा वडासदस्य हेमराज मगर, डिभिजन बन कार्यालय गाईघाटका बन अधिकृत पुन्यप्रसाद पौडेल, पत्रकार गजेन्द्र राई लगायत अन्य अतिथिहरुको उपस्थिति रहेका थिए ।

Facebook Comments