नेकपा (माओवादी केन्द्र) बोक्सेको नयाँ नेतृत्वमा नविन राई

बोक्से । नेकपा (माओवादी केन्द्र) त्रियुगा नगरपालिका–१० बोक्सेको नयाँ नेतृत्वमा नविन राई चयन भएका छन् । मंगलबार सम्पन्न वडापार्टीको अधिवेशनबाट राई सर्बसहमत चयन भएका हुन् ।

अधिवेशनले राई नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चयन हुने नयाँ कार्यसमितिको सचिबमा मदन भुजेल चयन भएका छन् ।

यसैगरि नयाँ कार्यसमितिको सदस्यहरुमा कृष्णाकुमारी राई, मकर तामाङ, टेकबहादुर कार्की, बखतबहादुर श्रेष्ठ, कलिमाया दमाई, ज्ञानबहादुर राई, रबिन्द्र राई र नुरी शेर्पा रहेका छन् । त्यसैगरि सदस्यमा सुनम श्रेष्ठ, देबनारायण शाह, उदय राई, गोकुलमान बि.क., सरिता हायु दलबहादुर बि.क., शम्भु भट्टराई, कृष्णबहादुर मगर र देबिका राई रहेका छन् ।

यसैगरि सदस्यमै दुर्गाबहादुर खड्का, पुष्पराज राई, रामजी थापा, नन्दलाल बि.क., बिमल भुजेल, बिजया राई, अजिता बजगाई, सबिना राई र सारदा बि.क. रहेका छन् । उनिहरुलाई मंगलबार जिल्ला पार्टी सचिवालय सदस्य नरबहादुर कार्की र जिल्ला सदस्य तथा त्रियुगा नगर सचिब गिता कार्की (अजिता)ले सपथ गराएका थिए ।

Facebook Comments